ट्रम्प र जेलेन्स्कीबीच मतभेद, रुससँग कुनै सम्झौता नहुने युक्रेन...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – वर्षा कम भएसँगै राहत वितरणको कामलाई तिव्रता दिन थालिएको सरकारले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा पालिकाहरुले क्षतिको विवरण संकलनसँगै उद्धार र राहतको काम गरिरहेका गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार स्थानीयस्तरमा पालिका र जिल्ला विपद् व्यवस्थापन समितिले प्रदेश सरकारसँग समन्वय गरी तत्काल राहतका काम अघि बढाउन निर्देशन दिइसकिएको छ । थप स्रोतसाधनको आवश्यकता परेमा जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयलाई अनुरोध गर्न सक्नेछन् । उद्धार तथा राहत नपाएका पीडितलाई आफ्नो वडा र जनप्रतिनिधिसँग सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
उद्धार तथा राहतको लागि पालिकाहरुले जुनसुकै शीर्षको बजेट विपद व्यवस्थापनमा खर्च गर्न सक्नेछन् । कुन ठाउँमा कस्तो उद्धार र राहत आवश्यकता पर्छ भन्ने कुरा पालिकाहरुलाई थाहा हुने भएकाले स्थानीयस्तरमै जिम्मेवारी दिइको गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपातकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख बेदनिधी खनालले बताउनुभयो । तत्कालीन खाद्यान्न, पानी, औषधि, त्रिपालजस्ता अत्यावश्यक वस्तु पालिका र प्रदेशसँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि बाढीबाट पीडितको उद्धार तथा राहतको काममा लाग्न पालिकाहरुलाई निर्देशन दिएको छ । विपद् जोखिमको न्यूनीकरण र रोकथाम गर्न, पीडितको छिटो उद्धार गरी राहत प्रदान गर्न तथा यसको कारणले हुने महामारी फैलन सक्ने अवस्थालाई समेतलाई मध्यनजर गरी उपयुक्त व्यवस्थापन गर्न जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासिन्दालाई तत्काल जुट्न मन्त्रालयले निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।