भप्सी खोलामा पुल भत्किएर अवरुद्ध महेन्द्र राजमार्ग एकतर्फी रुपमा सञ्चालन

 असार २९, २०७६ आइतबार १६:३९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महोत्तरीको भप्सी खोलामा पुल भत्किएर अवरुद्ध महेन्द्र राजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ ।

पानीको बहाव घटेपछि डाइर्भसनबाट एकतर्फी बाटो सञ्चालन गरिएको हाे । वीपी राजमार्गको सिन्धुली गलनजोर गाउँपालिका र सुनकोशी गाउँपालिकामा पहिरोले अवरुद्ध सडक पनि एकतर्फी सञ्चालन भएको छ । कुलेखानीमार्ग फाखेल लगायतका विभिन्न ठाउँका सडक पहिरोका कारण पूर्ण रुपमा बन्द भएका छन् ।

पाल्पाको सिद्धबाबामा पहिरो खसेपछि बन्द भएकाे सिद्धार्थ राजमार्ग भने आइतबार बिहानदेखि एकतर्फी सञ्चालन भएको छ । मध्यपहाडी लोकमार्गको खुर्कोट उदयपुर सडक पनि पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

त्रिभुवन राजपथ, पृथ्वी राजमार्गमा भने अवरोध नरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया