राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बाढी, पहिरो र डुबानले गरेको क्षतिप्रति दुःख व्यक्त

 असार २९, २०७६ आइतबार १७:५५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुबानले गरेको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै ज्यान गुमाएका परिवारप्रति समवेदना तथा पीडितको तत्काल उद्धार र राहतमा जुट्न राष्ट्रपतिले आह्वान गर्नुभएको जनाएको छ ।

पीडितको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, बेपत्ता हुनेहरुको खोजीमा विभिन्न संयन्त्र परिचालन गराउन सम्बन्धित निकायले ध्यान दिने राष्ट्रपतिले विश्वाससमेत व्यक्त गर्नुभएको छ । साथै उहाँले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट बच्न आवश्यक पर्ने सावधानी अपनाउन ध्यानाकर्षण समेत गराउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया