इमान्दार भएर अघि बढे मात्र सफलता पाउन सकिन्छ: प्रधानमन्त्री ओली

 असार २९, २०७६ आइतबार २०:१५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य र निष्ठापूर्वक काम गरिरहेको बताउनु भएको छ ।       

प्रधानमन्त्री ओलीले सत्य र निष्ठापूर्वक अघि बढ्न युवाहरुलाई आह्वान गर्नुभएको छ । आइतबार ललितपुरमा आयोजित नमुना युवा संसद बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले आफूले सत्यसँग नडराउने नीति लिएको पनि दोहोर्‍याउनु भयो । 

प्रधानमन्त्री ओलीले सत्ता र शक्ति अस्थायी भएकोबारे आफू सचेत रहेको बताउँदै देश विकासको काममा इमान्दार भएर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भोलिको संसदलाई कस्तो बनाउने भन्ने विषयमा सोच्न पनि युवाहरुलाई आग्रह पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रले देशलाई कसरी अघि बढाउने भन्ने विषयमा सोचेर अघि बढ्ने अवसर युवाहरुलाई दिएको पनि स्मरण गराउनु भयो । उहाँले आफू युवा हुँदा देशका लागि काम गर्न खोज्दा हत्कडीको सामना गर्नुपरेको उल्लेख गर्दै आजका युवालाई त्यस्तो कठिनाइ नरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले इमान्दार भएर अघि बढ्दा मात्रै सफलता हात पर्नेबारे युवाहरुलाई सचेत पनि गराउनु भयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया