न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्धार र उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।
आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्धार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।
बैठकले त्यसका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई पनि निर्देशन दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।
बैठकले गृह मन्त्रालयले माहतका सबै निकायसँग तथ्यांक संकलन गरेपछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनर्निर्माणको कामलाई अघि बढाउने निर्णय पनि गरेको छ । सरकारले पीडितहरुको राहत, उद्धार र उपचारको काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई आग्रह पनि गरेको छ ।
त्यसैगरी सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत्, सञ्चारलगायतका अति आवश्यकीय सेवा तत्काल सञ्चालन गराउन पनि सम्बन्धित निकायलाई परिचालन गरेको छ । मन्त्री बाँस्कोटाले बाढी पहिरोको घटनापछि स्वतःस्फुर्त रुपमा उद्धार, राहत तथा उपचारमा खट्ने सुरक्षा निकाय, अस्पताल, चिकित्सक, सरकारी तथा गैरसरकारी सबै संस्थाहरुलाई पनि धन्यवाद दिइएको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले आइतबार अपरान्हसम्म ५१ जनाको ज्यान गैसकेको पनि पुष्टि गरेको छ । त्यसैगरी ३१ जना बेपत्ता, २८ जना घाइते भएको र १० हजार ३ सय ८५ जना घरधुरी विस्थापित भएको मन्त्रीपरिषद् बैठकको निर्णयमा उल्लेख गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले उक्त घटनामा परेर निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।