समाचार प्रभाव : फाप्लु विमानस्थलको निरीक्षण, ठेकेदारले लापर्वाही गरेको निष्कर्ष

 असार ३०, २०७६ सोमबार १५:५८:८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – पहिरोको उच्च जोखिममा परेको सोलुखुम्बुको फाप्लु विमानस्थल निर्माणमा ठेकेदार कम्पनीको लापर्वाही रहेको पाइएको छ ।

उज्यालो अनलाइनमा समाचार प्रकाशन भएपछि पहिरोको जोखिममा परेको विमानस्थलको प्रमुख जिल्ला अधिकारी, सासंदसहितको टोलीले निरीक्षण गर्दै पर्खाल लगाउने क्रममा ठेकेदारले लापरबाही गरेका कारण पहिरोको जोखिममा परेको निष्कर्ष निकालेको हो ।

सोमबार प्रदेश सासंद उत्तम कुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानासहितको एक टोलीले विमानस्थलको निरीक्षण गर्दै झण्डै १ महिनाअघि मात्र घेराबार निर्माण कार्य सम्पन्न गर्दा ठेकेदारले कमसल काम गरेकाले पहिरोको जोखिममा परेको निष्कर्षमा पुगेका हुन् ।

निर्माणकर्ताले विमानस्थलको पर्खाल बनाउँदा भत्किएको सडकलाई ढलान गर्ने क्रममा माटो भरेर त्यसैमाथि ढलान गर्दा भासिएको बताइएको छ । विमानस्थलको माथिलो भागमा लगाइएको पर्खालसहितका बार बनाउँदा झारो टार्ने मात्र काम गरेकाले दुर्घटनाको जोखिम बढेको टोलीले निष्कर्ष निकालेको छ ।

निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले यस विषयमा आफूले गृह मन्त्रालयमा पत्राचार गर्ने बताउनुभएको छ । 

फाप्लु विमानस्थल पहिरोको जोखिममा

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया