च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
सञ्चिता घिमिरे/रासस ।
ललितपुर – साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डीएनए’ परीक्षणका लागि आइपुग्नुभयो । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि सुरु भएको तनावका कारण उहाँ अदालत हुँदै यहाँसम्म आइपुग्नुभएको थियो ।
वैदेशिक रोजगारीमा रहेका श्रीमानले स्वदेशमा बस्न थालेदेखि नै आफू र छोरालाई शङ्का गर्ने गरेको ती महिलाले बताउनुभयो । पटकपटकको झगडापछि उहाँले अदालतमा माना चामलका लागि मुद्दा हाल्नुभयो । त्यही मुद्दा अहिले तीन वर्षसम्म टुङ्गिएको छैन । डीएनए परीक्षण गरेर आफ्नो अधिकार लिने मात्रै नभई, लागेको आरोप पनि पखाल्न लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रिपोर्ट हुलाकमार्फत नै जाने भएकाले आउनु पर्दैन भन्नुभएको छ ।’
छोराछोरी निकै ठूला भइसकेपछि पनि ‘मेरो सन्तान होइन’ भनेर श्रीमानले शङ्का गरेपछि ती महिला परीक्षणका लागि आउनुभएको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताउनुभयो । महिनामा झण्डै तीन चार जनासम्म बाबु प्रयोगशालामा ‘सन्तान हो÷होइन शङ्का लाग्यो, डीएनए परीक्षण गराउन चाहन्छु’ भनेर आउने गरेको उहाँको भनाइ छ । अदालतबाट आउने मुद्दामा सबैभन्दा बढी अंश मुद्दा हुने गरेको छ । आमाभन्दा बढी बाबु विवादित हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आमा र बाबु दुवै विवादित भएका दुई तीन वटा मात्रै मुद्दा आएको छ ।’
उहाँका अनुसार उमेर ढल्किएकामा समेत आफ्ना सन्तानसँग अविश्वास रहेको पाइन्छ । साठी वर्ष वा त्योभन्दा बढी उमेरका समेत डीएनए परीक्षण गरेर सन्तान आफ्नो हो/होइन भनेर जान्न चाहन्छन् । उहाँले भन्नुभयो, ‘हामीले महिनैपिच्छे यस्ता व्यक्तिलाई फर्काइरहेका छौँ ।’
अर्को एउटा घटनामा केही समय पहिले आफूसँगै परिवारका अरु सदस्यलाई हङकङ लैजान एक पुरुष दुई सन्तानको डीएनए परीक्षण गर्न आए । उनीसँग आएका दुई सन्तानको परीक्षण पनि भयो । उनीहरुमध्ये एक जनाको नतिजा सकारात्मक र एक जनाको नकारात्मक आयो । प्रयोगशालाले अहिलेसम्म त्यो नतिजा उनीहरुलाई दिएको छैन । प्रयोगशालाले सम्भव भएसम्म बाबु र आमा दुवैको डिएनए परीक्षण गर्दै आएको भए पनि यो घटनामा बाबु र सन्तानको मात्रै डिएनए परीक्षण गरिएको थियो । प्रयोगशालाले अहिले पनि आमाको डीएनए परीक्षण गर्नुपर्ने भन्दै प्रतिवेदन दिएको छैन ।
यी दुई उदाहरण जस्तै समाज परिवर्तन हुँदै जाँदा समाजमा यी र यस्तै घटना बढ्न थालेका छन् । प्रयोगशालाले मुख्यगरेर अदालत र त्यसबाहेक अध्यागमन विभाग लगायतको सिफारिसमा मात्रै डीएनए परीक्षण गर्दै आएको छ । प्रयोगशालामा कतिपय व्यक्तिले आफ्ना सन्तान आफ्नो हो/होइन शङ्का लागेकै भरमा परीक्षणका लागि आउने गरेको उहाँले बताउनुभयो । कतिपयको भने मेरो सन्तान हो भनेर विश्वास गरेर डीएनए परीक्षण गर्न आउँदा नतिजा नकारात्मक नतिजा आएको पाइन्छ ।
डीएनए परीक्षण गर्न पाउने अधिकार भए पनि व्यक्तिगत रूपमा आएका मुद्दामा राय दिने नगरिएको झाले बताउनुभयो । अध्यागमनको प्रयोजनका लागि डीएनए परीक्षण गर्ने गरिएकाले कतिपयले झुठो बोलेर समेत परीक्षण गराउन चाहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले पुरै कागजात हेरेर मात्रै काम अघि बढाउँछौँ ।’
नेपालमा विक्रम संवत २०६२ बाट मानिसको डीएनए परीक्षण सुरु हुँदाभन्दा अहिले डीएनए परीक्षण थप विश्वसनीय भएको प्रयोगशालाका निमित्त कार्यकारी अधिकृत वीरेन्द्रराज शाक्यले बताउनुभयो । अहिले २७ वटा गुणका आधारमा आमाबाबु र सन्तानको डीएनए परीक्षण हुने गरेको उहाँले बताउनुभयो ।
डीएनए परीक्षण सुरु हुँदा १६ वटा गुणका आधारमा परीक्षण गर्ने गरिएकामा केही वर्ष पहिलेबाट २४ वटा गुणका आधारमा परीक्षण हुने गरेको थियो । दुई वर्ष पहिलेदेखि थप तीन गुणसमेत गरेर २७ वटा गुणका आधारमा परीक्षण भइरहेको छ । उहाँले भन्नुभयो, ‘यसले निर्दोष व्यक्ति बाबु हो भनेर प्रमाणित हुँदैन ।’
नेपालमा अहिले तीन किसिमको डीएनए परीक्षण हुने गरेको छ । आमा, बाबु र सन्तानको डीएनए परीक्षणले सबैभन्दा विश्वसनीय हुने झाले बताउनुभयो । केही वर्ष पहिलेदेखि पितृत्व पुस्ता निर्धारण गर्ने र मातृत्व पुस्ता निर्धारण गर्ने परीक्षण हुँदै आएको उहाँले बताउनुभयो ।
यी दुवैमा एउटा व्यक्तिको डीएनए सयौँ पुस्तासम्म मिल्न सक्छ । यसले यकिन गरेर व्यक्ति पहिचान नगरे पनि पुस्ता देखाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि घटनामा व्यक्ति नै पहिचान नगरेपनि एउटा दिशातर्फ निर्देशन गर्छ ।’ प्रयोगशालाले दुई वर्ष पहिलेदेखि जनावरको समेत डीएनए परीक्षण सुरु गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।