भक्तपुर औद्योगिक क्षेत्रभित्र रहेका अधिकांश दूध डेरीको अवस्था यस्तो

 असार ३०, २०७६ सोमबार १८:२०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुर औद्योगिक क्षेत्रभित्र रहेका अधिकांश दूध डेरी तथा दूध उद्योगमा फोहोर भेटिएको छ । सोमबार भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा अधिकांश उद्योगमा फोहोर भेटिएको हो । 

नगरपालिकाको अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अनुगमनमा शिव्म डेरी प्रा.लि.मा ढल र शौचालयको दुर्गन्ध आउने बताएको छ ।

त्यसैगरी किचेनको फोहर र अन्य फोहोर छरपस्ट राखेको, डेरीभित्र पानी जमेको, ढल र शौचालयको दुर्गन्ध भएको,  कामदारहरुले  एप्रोन, मास्क, बुट, हेयरनेटको प्रयोग नगरेको पाइएको खाद्य निरीक्षक कौशल ओझाले जानकारी दिनुभयो । 

ल्याबमा माइक्रोबायोलोजी लगायत सम्पूर्ण परीक्षण गर्ने, बरफमा राख्ने लिची तथा भेनिला सुगन्धको म्याद नाघेको पाइएकाले त्यहीँ नष्ट गरिएको जानकारी दिँदै उहाँले सफा गर्न, दूध जोख्ने मेसिनलाई खुल्ला नराख्ने, ल्याब रेर्कड दैनिक रुपमा राख्न निर्देशन दिएकोे खाद्य निरीक्षक ओझाले बताउनुभयो ।

त्यस्तै जगदम्बा डेरी फूड एण्ड बेभरेजमा फिर्ता ल्याएको दूध फेरि प्रशोधन गरेको पाइएकोले पुनःप्रशोधन नगर्न, सरसफाइमा विशेष ध्यान दिने, डेरीभित्र पानी जमेकाले व्यवस्थित गर्न, कामदारलाई एप्रोन, मास्क, बुट, हेयरनेट अनिवार्य प्रयोग गर्न, ल्याबमा माइक्रोबायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्ने, प्राविधिकलागायत कामदारको परिचय खोल्न प्रमाणपत्र वा परिचय पत्र राख्न निर्देशन दिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

त्यसैगरी भक्तपुर डेरी प्रा.लि.मा ल्याब व्यवस्थित गरी माइक्रोबायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्र्न, फिर्ता ल्याएको दूध फेरि प्रशोधन गरेको पाइएकोले पुनः प्रशोधन नगर्न, सरसफाइमा विशेष ध्यान दिन, डेरीभित्र जमेको पानी व्यवस्थित गर्न, कामदारहरु सबैले एप्रोन, मास्क, बुट, हेयरनेट अनिवार्य प्रयोग गर्न, दूध ल्याएको र बजारमा पठाएको व्यवस्थित रुपमा रेकर्ड राख्न निर्देशन दिएकोे उहाँले जानकारी दिनुभयो 

 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया