खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
आईसीसी विश्वकप २०१९ को सेमिफाइनलबाट आउट भएपछि भारतीय टिममा ठूलो परिवर्तन हुने संकेत देखिएको छ ।
अब पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई टिमबाट आउट गर्नेदेखि वर्तमान कप्तान विराट कोहलीलाई एकदिवसीय र टी–२० को कप्तानीबाट हटाउनेसम्मको चलखेल सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बीसीसीआईका अनुसार अब कोहलीलाई हटाएर रोहित शर्मालाई एकदिवसीय र टी–२० को कप्तान बनाउने र कोहलीलाई टेस्ट क्रिकेटको कप्तानमा मात्रै सीमित राख्ने तयारी गरिएको छ ।
अर्को वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकप र २०२३ मा भारतमै हुने एकदिवसीय विश्वकपको तयारी तत्कालै सुरु गर्ने भन्दै रोहितलाई कप्तान बनाउने विषयमा बीसीसीआईमा छलफल भइरहेको छ ।
हुन त रोहितले पनि भारतीय टिमको कप्तानी गरिसकेका छन् । विराट नभएका बेला रोहितले कप्तानी गर्दै एसिया कपसमेत जिताएका थिए । अहिले कोहली टेस्ट र रोहित एकदिवसीय र टी २० को कप्तान बनेमा भारतीय टिममा २ जना कप्तानसँगै खेल्ने छन् । यो पहिलो घटना भने हुने छैन् ।
यसअघि अनिल कुम्बले टेस्ट क्रिकेटको कप्तान हुँदा महेन्द्रसिंह धोनीले एक दिवसीय र टी २० को कप्तानी सम्हालेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Uma Shankar
July 15, 2019, 10:43 p.m.रोहित अछा होगा मेरे बिचार मा