प्रदेश ३ योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

 असार ३१, २०७६ मंगलबार १२:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले राजीनामा दिनुभएको छ । 

गएको असार २५ गते नै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष राजीनामा दिएको भए पनि दुवै जनाले यस विषयमा कुरा बाहिर नल्याउने सहमति भएको थियो ।

मंगलबार उपाध्यक्ष देवकोटाले आफूले राजिनामा दिएको जानकारी दिनुभयो ।

देवकोटाले व्यक्तिगत कारणले नै राजीनामा दिएको बताउनुभयो । राजीनामा दिएको कुरालाई ५ दिनसम्म गोप्य राखेर समस्याको समाधान गर्ने निकाल्ने तयारी थियो । तर जुन समस्याबाट राजीनामा दिएको हो त्यो समस्या समाधान नभएपछि देवकोटाले राजीनामा दिएको बताउनुभयो ।

उपाध्यक्ष देवकोटाले व्यक्तिगत कारण देखाएर राजीनामा दिए पनि बजेटका विषयमा धेरैखालका असन्तुष्टी भएको बुझिएको छ । उहाँका असन्तुष्टीको समाधान गर्नका लागि दिएको राजीनामा पनि गोप्य राखिएको थियो । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया