ढुवानी व्यवसायमा भ्याट विवाद: कार्यविधि बनाउन कार्यदल गठन

 असार ३१, २०७६ मंगलबार १७:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ढुवानी व्यवसायमा पनि मूल्य अभिवृद्धि कर भ्याट लगाउने विषयको कार्यविधि बनाउन कार्यदल गठन भएको छ ।

कार्यविधि बनाउन आन्तरिक राजश्व विभागका नीति शाखाका उपमहानिर्देशक झलकराम अधिकारीको संयोजकत्वमा अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग, नेपाल ट्रक व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघका प्रतिनिधि रहने गरी कार्यदल गठन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

कार्यदलले ढुवानी सेवामा भ्याटको बारेमा अध्ययन गरेर कार्यविधि बनाउनेछ । सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ संशोधन गरेर आर्थिक वर्ष २०७६-७७ देखि ढुवानी व्यवसायमा पनि मूल्य अभिवृद्धि कर भ्याट लगाउने नीतिगत व्यवस्था गरेपछि ढुवानी व्यवसायीहरु आन्दोलनमा छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया