फेसबुक र भाइबरबाट एकै महिनामा ८० लाख ठग्ने ३ जना पक्राउ, सचेत हुन प्रहरीकाे आग्रह

 असार ३१, २०७६ मंगलबार १७:५१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फेसबुक, भाइवर, इमो, ह्वाट्स एपलगायतका सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा तारा ग्याजेट नामक पेज बनाएर सस्तो मूल्यमा विदेशी महंगा ब्रान्डका ल्यापटप, मोबाइल घडी क्यामेरालगायतका सामग्री ल्याइदिने भन्दै एक महिनाभित्र ८० लाख रुपैयाँ ठगी गर्ने ३ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाण्डौको खुसीबुबाट पक्राउ गरेको हो ।

ठगी गर्ने तारा ग्याजेट पेजका सञ्चालक भारतका आकिव जावेद, महोत्तरीको सोनमा गाउँपालिकाका एमडी सगिर शेख र महोत्तरीको गौशलाका यमदादुल मोमिनलाई प्रहरीले पक्राउ गरेको हो ।

पहिल्लो समय सामाजिक सञ्जालबाट ठग्ने क्रम बढिरहेको भन्दै प्रहरीले सचेत हुन पनि आग्रह गरेको छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया