पोखरीमा डुबेर भोजपुरमा दुई जनाको मृत्यु

 साउन १, २०७६ बुधबार ८:२३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – पौडी खेल्ने क्रममा पोखरीमा डुबेर भोजपुरमा दुई जनाको ज्यान गएको छ । 

आमचोक गाउँपालिका– २ यूँमा रहेको पोखरीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र २० वर्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

दुवै जना पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ज्यान गुमाएका दुवै जनाको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल भोजपुर लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया