न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – वर्षा र बाढीका कारण अवरुद्ध भएका धेरैजसो सडक खुलेका छन् । सिन्धुली, रामेछाप, भोजपुर, धनकुटा, ओखलढुङ्गा, रौतहट, महोत्तरी, मुस्ताङ, मनाङ, पाल्पा, कालीकोट लगायतका ठाउँमा अवरुद्ध भएका धेरैजसो सडक खुलेका हुन् ।
पूर्व–पश्चिम राजमार्गको महोत्तरीमा पर्ने भप्सी खोलाको पुल भत्किएर अवरुद्ध भएको सडक नयाँ डाइभर्सनमार्फत् सञ्चालनमा आएको छ । त्यहाँ तत्काल नयाँ बेलिब्रिजसमेत जडान गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
यस्तै, मुस्ताङको थासाङ घोप्टेभीरमा कालीगण्डकी नदीले सडक बगाउँदा अवरुद्ध बेनी–जोमसोम सडकमा पनि एकतर्फी रुपमा आलोपालो गरी गाडी चल्न थालेका छन् । पृथ्वी राजमार्गमा र त्रिभुवन राजपथमा कतै पनि सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।
काठमाण्डौबाट सिस्नेरी र फाखेल हुँदै हेटौँडा जाने बाटो भने अझै सञ्चालनमा आउन सकेको छैन । यो बाटो पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रौतहट र महोत्तरीका सडकमा पनि पानीको मात्रा घट्दै गएपछि बाटो खुलेको छ । अवरुद्ध बीपी राजमार्गमा पनि यातायात सञ्चालनमा आएको छ ।
मध्यपहाडी राजमार्गको सिन्धुली क्षेत्रमा बहादुरे खोला, सोलु खोला र खाङसाङ खोलामा आएको पहिरोले पहिरोले अवरुद्ध राजमार्ग पनि सञ्चालनमा आएको छ । ओखलढुङ्गाको सिद्धिचरण राजमार्गमा पनि अवरोध हटाउने काम भइरहेको सडक विभागले जानकारी दिएको छ । यस्तै, बुटवल–पाल्पा जोड्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा भने अझै गाडी चल्न सकेका छैनन् ।
यसैबीच काठमाण्डौसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले चार ठाउँमा एक्रोब्रिज तयारी अवस्थामा राखेको छ । प्राकृतिक प्रकोपका कारण राजमार्ग अवरुद्ध भएर काठमाण्डौसँग सम्पर्क टुट्न नदिनेगरी तयारी भैरहेको सेनाले जनाएको छ ।
सेनाका अनुसार काठमाण्डौको थानकोट, धादिङको बैरेनी, चितवनको भरतपुर र बाराको जीतपुरमा एक्रोबिज तयारी अवस्थामा राखिएको हो । बाढी पहिरोले सडक भत्किएको ठाउँमा एक्रोबिज राखेर गाडी चलाउन सकिने सेनाको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।