जहाँ बर्खामा स्कुले विद्यार्थीलाई प्लास्टिकभित्र बन्द गरेर नदी पार गराइन्छ

 साउन १, २०७६ बुधबार १३:४६:३१ | एजेन्सी
unn.prixa.net

उत्तरी भियतनामको हुओई हा गाउँमा स्कुले विद्यार्थीहरु ज्यान जोखिममा पारेर नदी पार गर्ने गरेका छन् । 

वर्षाको मौसममा उनीहरु सुखा कपडामा स्कुल पुग्न प्लास्टिकभित्र पसेर नदी पार गर्ने गर्दछन् । स्कुले विद्यार्थीहरुलाई प्लास्टिकभित्र बन्द गरिन्छ र नदी पार गराइन्छ ।

गाउँका मुखिया वो गोइंग भन्छन्, ‘यो निकै खतरनाक छ तर हामीसँग यसको विकल्प पनि छैन । वर्षाको समयमा नदीमा पानीको बहाव उच्च रहन्छ । बाँसले बनाइएको अस्थायी पुल पनि भत्किन्छ र यस्तो अवस्थामा नदी पार गर्न ज्यान नै जोखिममा पर्ने गर्दछ ।’

एक स्थानीयका अनुसार स्कुले विद्यार्थीको युनिफर्म नभिजोस् र फोहोर नहोओस् भनेर यो उपाय अपनाइएको हो । 

यद्दपि प्लास्टिकको सहायताले नदी पार गर्ने काम निकै जोखिमयुक्त छ । प्लास्टिकमा बन्द गरिँदा स्कुले विद्यार्थीलाई बगाउने र बेहोस हुने डर हुन्छ । नदी पार गर्दैगर्दा पानीको बहाव बढ्दा झन् जोखिम बढ्ने गर्दछ । 

हुओई हा गाउँका स्थानीयहरुले स्थायी पुल बनाइदिन सरकारसँग माग गरेका छन् । 

अन्तिम अपडेट: चैत ६, २०८०

1 Comments

  • राजन

    June 25, 2020, 8:17 p.m.

    यो ठाउँमा त नेपालको तुइन तथा झोलुगेपुल नै अत्याधुनिक प्रबिधि हुने रैछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया