सुरु भयाे 'भीसीटीएस' प्रणाली

 साउन १, २०७६ बुधबार १३:२९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस)’ को सुरु गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने मूल उद्देश्यका साथ कानुनबमोजिम एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा दर्ता गरेर मात्रै ओसारपसार गर्नुपर्ने प्रणालीको बुधबारबाट शुभारम्भ गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार एक कार्यक्रमका बीच त्यस प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा हुने अवैध आर्थिक कारोबारलाई अन्त्य गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ सरकारले त्याे प्रणालीको पनि सुरुवात गर्नु परेको स्पष्ट पार्नुभयो । उहाँले त्यस प्रणालीबाट साना व्यवसायीलाई हुने व्यवहारिक कठिनाइ हल गरेर जान सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

राजस्व अनुसन्धान विभागको वेबसाइट www.dri.gov.np मा गएर उद्योगी व्यवसायीहरुले आफ्नो ढुवानी गर्ने बस्तु र साधानको संक्षिप्त विवरण त्याे प्रणालीमा दर्ता गराउने व्यवस्था गरिएको छ । यसो गर्दा अनौपचारिक क्षेत्रमा कारोबार हुने सबै आर्थिक कारोबार पनि पारदर्शी हुने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

यो व्यवस्था लागु भएसँगै सरकारले मालबहाक सामान चेकका लागि सञ्चालन गरिएको सबै पोष्टहरु हटाउनेछ । यो प्रणालीबाट बस्तुको ढुवानी व्यवस्था अति सहज हुने पनि राजस्व अनुसन्धान विभागको दाबी छ ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया