काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा, आजदेखि 'प्रि–म...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले गुणस्तरीय उत्पादनमा केन्द्रित हुन दुग्ध विकास संस्थानलाई सचेत गराउनु भएको छ ।
मन्त्री खनालले गुणस्तरीय बस्तु उत्पादन गरे दुग्ध विकास संस्थानको बजार आफै विस्तार हुने पनि स्पष्ट पार्नुभयो । उहाँले ‘डेट एक्स्पाएर’ भएका आयातित बस्तुहरु उपभोक्ताले प्रयोग गर्नु परिरहेका बेला गुणस्तरीय बस्तु उत्पादन गरे दुग्ध विकास संस्थानको बजार आफै विस्तार हुने पनि स्मरण गराउनुभयो । त्यसका लागि दुग्ध विकास संस्थानले आफूलाई विश्व बजारमामै प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने मन्त्री खनालको भनाइ छ ।
दुग्ध विकास संस्थानको स्वर्ण महोत्सव तथा ५१ औं वार्षिकोत्सव समारोहको अवसर पारेर बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले संस्थानलाई घाटामा जान नदिन पनि गुणस्तरीय उत्पादनमा जोड दिनुको विकल्प नरहेको उल्लेख गर्नुभयो । उहाँले संस्थानले उत्पादन गरेको डीडीसी दूधको बजार राम्रो रहेको उल्लेख गर्दै त्यसलाई पनि अझै गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री खनालले संस्थानलाई घाटामा लैजाने चिन्तनलाई परास्त गरेर अघि बढने दृढता पनि व्यक्त गर्नुभयो । उहाँले दुग्ध विकास संस्थानलाई किसान र उपभोक्तालाई मारमा पार्ने काम गरे सैह्य नहुने चेतावनी पनि दिनुभयो । उहाँले उपभोक्तालाई मारमा नपारी डीडीसीले नाफा कमाउनु पर्ने बताउनुभयो ।
मन्त्री खनालले भन्नुभयो, ‘उत्पादन गुणस्तरीय पनि होस्, सस्तो पनि । प्रतिस्पर्धा चर्को छ । त्यति भए सबैसँग प्रतिस्पर्धा गर्न सकिन्छ । प्रतिस्पर्धामा जाने संस्था घाटामा जान्न । प्रतिस्पर्धा गर्न नसक्ने संस्था बन्द गर्नुस् । डीडीसी सरकारी संस्था भएकोले गुणस्तरीय, सस्तो, भरपर्दो र विश्वसनीय पनि हुनु पर्छ । ब्रान्ड र प्याकेजिङ गर्दा त्यतातिर ध्यान दिनुहोला । झोल दूध आयात गरिन्छ तर धुलो दूध आयात खोलिन्न ।’
मन्त्री खनालले ५० वर्ष लामो अनुभवलाई उपयोग गर्न पनि डीडीसीलाई आग्रह गर्नुभयोे, ‘डीडीसीलाई अझै राम्रो बनाउन सकिन्छ । दूधको क्षेत्रमा ५० वर्षको अनुभव थोरै होइन । अझै पनि राम्रोसँग सोचेर कमजोरी केलाउनु पर्छ । जे पर्छ म व्यहोर्छु भनेर पाउडर दूध रोकेको हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।