न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्का मदिनामा जाने हजयात्रीलाई बिदाइ गर्नु भएको छ ।
गृहमन्त्री थापाले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हज यात्रा गर्न जाने १ सय ५६ जना हजयात्रीलाई बिदाइ गर्नु भएको हो । पहिलो चरणमा जाने हजयात्रीहरुलाई गृहमन्त्री थापाले बिदाइ गर्दै मक्का मदिनामा गएर नेपालको समृद्धिको कामना गर्न पनि अपील गर्नुभयो ।
उहाँले धर्म निरपेक्ष राष्ट्र नेपालले सबै धर्मको सम्मान र संरक्षण गर्ने भएकाले मुश्लिम समुदायलाई पनि हजयात्राका लागि पठाइएको पनि स्पष्ट पार्नुभयो । गृहमन्त्री थापाले हजयात्राको माध्यमबाट पनि नेपालको पहिचान विश्वमा बढाउन सघाउ पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
हजयात्रीहरुलाई बिदाइ गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई पनि उपस्थित हुनुभएको थियो । गएको ८ वर्षयता सरकारको व्यवस्थापनमा नेपालबाट पनि हज गर्न मक्कामदिना पठाउने गरिएको छ । यस वर्ष सरकारले साउदी अरेबिया सरकारको आग्रहमा ३ सय जना थप गरी १ हजार ५ सय जनालाई हजयात्राका लागि पठाउने भएको छ ।
गृहमन्त्री थापाले यस वर्ष थप ३ सय गरी १ हजार ५ सय हजयात्राका लागि पठाउने र आगामी वर्षहरुमा हजयात्रीहरुको संख्या बढाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
गएको वर्ष सरकारले १ हजार २ सय जनालाई हजयात्राका लागि मक्कामदिना पठाएको थियो । मुश्लिम समुदायको पवित्र तीर्थस्थलको रुपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्न जाने गर्दछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।