न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – सूरु भएको पहिलो दिन नै ६ सय गाडीले राजश्व अनुसन्धान विभागले सुरु गरेको भेइकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) सेवा लिएका छन् ।
ठूलो परिमाणमा एक ठाउँबाट अर्को ठाउँमा मालवस्तु ढुवानी गर्दा मालवस्तुको विवरण अनलाइन प्रणालीमा दर्ता गराउने भीसीटीएस सेवा लिएर बुधबार मात्रै ६ सय गाडी गन्तब्यतर्फ लागेको राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले उज्यालोलाई जानकारी दिनुभयो । यस्तै ६ हजार मालबहाक गाडीले दर्ता गरेर युजरनेम र पासवर्ड लिएको पनि उहाँले जानकारी दिनुभयो । एकै दिन यतिधेरै गाडीले सेवा प्रयोग गरेकाले आफुहरु उत्साहित भएको पनि महानिर्देशक मैनालीले बताउनुभयो ।
‘पहिलो दिन नै ६ सय ट्रक तथा कन्टेनर यो सेवामा समाविष्ट भएर गन्तव्यतर्फ लागेका छन्, हामी उत्साहित भएका छौँ, ३ महिनाभित्र अहिले भएको अन्योल हट्ने र सबै ढुवानीकर्ता यसमा समावेश हुन्छन भन्ने विश्वास छ ।’ मैनालीले भन्नुभयो ।
विभागले राजश्व चुवाहट कम गर्न र देशभित्र ओसारपसार हुने मालवस्तुको निगरानी अनलाइनबाटै गर्न साउन १ गते अर्थात बुधबारदेखि अनलाइन ट्रयाकिङ सुरु गरेको हो । विभागले सुरुका ३ महिना यसलाई प्रवद्र्धनात्मक रुपमा लागू गर्ने र असोज १ गतेदेखि भने यो सेवा प्रयोग नगर्ने गाडीलाई जरिवाना तिराउने जनाएको छ । तर व्यवसायीले भने सरकारले तयारीको लागि समय कम दिएको र पूर्वाधार नभएको भन्दै यसलाई तत्कालै लागू गर्न समस्या रहेको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।