न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – सुत्केरी र शिशुको मृत्युपछि तनावग्रस्त बनेको थापाथलीस्थित प्रसूति गृहको वातावरण साम्य भएको छ ।
नुवाकोटकी ३८ वर्षीया कल्पना तामाङको शल्यक्रिया गरेर बच्चा निकाल्ने क्रममा मृत्यु भएपछि अस्पताल परिसर हिजोदेखि तनावग्रस्त थियो । उनलाई मंगलबार प्रसूति गृहमा भर्ना गरिएको थियो । चिकित्सकले हिजो शल्यक्रिया गर्ने क्रममा बच्चा र आमा दुवैको मृत्यु भएको घोषणा गरेपछि मृतकका आफन्त आक्रोशित भएका थिए ।
मृतकका आफन्तले उपचारमा चिकित्सकले लापर्वाही गरेको दाबी गरे पनि अस्पताल प्रशासनले भने कुनै गल्ती नभएको दाबी गरेको थियो ।
मृतकका श्रीमान्, बुबा, दाजुभाइ, आफन्त, प्रदेश ३ की उपसभामुख राधिका तामाङसहितको उपस्थितिमा हिजोदेखि जारी वार्ता टुंगिएको हो ।
वार्तामा शव पोष्टमर्टम नगर्ने र डीएनए परीक्षण पनि नगरी गाउँमै लैजाने सहमति भएको छ । अस्पताल प्रशासनले दाहसंस्कार खर्च भने व्यहोर्ने भएको छ । अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमले अस्पतालको तर्फबाट कुनै गल्ती नभएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।