स्वस्तिमा र प्रियंकालाई फलो गर्छु : दीपाश्री निरौला

 साउन ३, २०७६ शुक्रबार १२:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली चलचित्र इतिहासमा सबै भन्दा धेरै व्यापार गर्न सफल चलचित्रकी निर्देशक हुन दीपाश्री निरौला । उनले निर्देशन गरेका ३ चलचित्र छक्का पञ्जा, छक्का पञ्जा २ र छक्का पञ्जा ३ ले ब्लकबस्टर व्यापार गर्न सफल भए । एक सफल निर्देशकको परिचय बनाएकी दीपा अहिले चलचित्र छ माया छपक्कैको छायांकनमा व्यस्त छिन् ।

चलचित्र छ माया छपक्कैको निर्र्देशन भने निर्देशक दीपेन्द्र लामाले गरिरहेका छन् । दीपा भने यस चलचित्रमा निर्देशक सल्लाहाकारका रुपमा रहेर काम गरिरहेकी छन् । उनै निदैशक तथा हास्य कलाकार दीपाश्री निरौलासँग हामीले रमाइलो गफ गरेका छौँ :

सामाजिक सञ्जालमा एक्टिभ हुनुभएको कति भयो ?

२०१० मा खोलेको थिएँ ।

सुरुमा के पोष्ट गर्नुभयो ?

खासै याद त छैन तर फोटो नै पोष्ट गरेँ होला । अनि फेसबुक भनेको चाहिँ बच्चाको डाइपर जस्तै हो बेला बेलामा चेक गरिरहनु पर्ने (हाँसो) ।

फेसबुकमा नराम्रो कमेन्ट आएर पोष्टहरु डिलिट गर्नु भएको छ कि छैन ?

कहिलेकाहिँ पर्छ । मैले डिलिट गरेको पनि छु र गर्नु पनि पर्छ ।

तपाइँले फेसबुकमा कसैलाई ब्लक गरेको रेकर्ड छ कि छैन ?

म भरसकचाहिँ ब्लक गर्दिन तर एकदमै इरिटेड गर्ने खालको काममा नै बाधा पुर्याउने खालको भयो भनेचाहिँ गर्छु । र अहिले सम्म त्यति दुई तीन जनालाई ब्लक गरेँ होला तर म म देखि नै मेरा फ्यानहरुलाई स्वागत नै गर्छु ।

इन्स्टाग्राममा एक जनालाई मात्र फलो गर्न पाउनु भयो भने कसलाई गर्नुहुन्छ ?

अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्का मध्य एकलाई गर्छु होला किन भने मलाई सबै उहाँहरुले नै सिकाउनु हुन्छ यस्तो गर्नु उस्तो गर्नु भनेर ।

बाथरुममा मोबाइल चलाउनु हुन्छ कि हुँदैन ?

बाथरुममा एकदमै धेरै कम चलाउँछु र कहिलेकाहीँ चाहिँ आफूलाई बाथरुम जानुपर्ने भइसकेको हुन्छ अनि मोबाइलमा फोन पनि आइरहेको हुन्छ त्यस्तो बेलामाचाहिँ कहिलेकाहीँ ।

बाथरुममा मोबाइल खसेको छ कि छैन ?

छैन किनभने म प्राय मोबाइल नै लाँदिन लगेपनि म एकदमै मोबाइल लभर हुँ (हाँसो) ।

तपाइँको म्यासेन्जरमा कसैले तपाइँलाई हेपेर नराम्रो शब्दहरु राखेर म्यासेज गरेको रेकर्ड छ कि छैन ?

छ, किन नहुने होर त्यो त भै नै हाल्छ । नराम्रो नराम्रो शब्दहरु लेखेर पठायो भने चाहिँ म ब्लक गर्छु ।

ब्यक्ति जति सफल भयो त्यति धेरै आलोचना हुन्छ भन्छन् तपाइँले कत्तिको भोग्नु भएको छ ?

एकदमै हो छ मेरो पनि छ । र यो कुरा हरेक क्षेत्रमा हुन्छ ।

कसैले ‘वान नाइट स्ट्याण्ड’को अफर गर्नुभएको छ ?

मेरो अलिकति बोल्ड अनि अलिकति त्यस्तै खालको क्यारेक्टर भएको हुनाले पनि सबै डराउनु हुन्छ होला । त्यही भएर पनि होला अहिलेसम्म त्यस्तो अफर आएको छैन ।  हुन त म त्यस्तो छैन, र मलाई अहिले सम्म त्यस्तो खालको म्यासेज आको छैन ।

फेसबुकको प्रोफाइल राख्दाचाहिँ कस्तो खालको प्रोफाइल राख्नुहुन्छ ?

दाहिने साइडमा ढल्किएर मुसुक्क हाँसेरचाहिँ राम्रो लाग्छ । र मेरो क्यामेरा पर्सनहरुले पनि त्यही नै भन्नुहुन्छ ।

तपाइँको मोबाइलमा कति फोटो छ होला ?

अहिले त मेरो मोबाइलमा ६ हजार १ सय २० वटा रहेछ ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया