‘भीसीटीएस’ खारेज गर्न ढुवानी व्यवसायीको माग

 साउन ३, २०७६ शुक्रबार १४:४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदूरहरुले ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस)’ तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । 

शुक्रबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी यातायात व्यवसायी, ढुवानी व्यवसायी र यातायात मजदूर समितिले साउन १ गतेदेखि सञ्चालनमा ल्याइएको प्रणाली मान्य नहुने दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो ।

प्रणालीमा ढुवानी व्यवसायीले गल्ती गरेमा पहिलो पटक ५० हजार, दोस्रो पटक ७५ हजार जरिबानासहित ढुवानीका साधनसमेत जफत गर्ने प्रावधान राखिएकोमा आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गर्नुपरेको यातायात व्यवसायी, ढुवानी व्यवसायी तथा यातायात मजदुर समितिका संयोजक गोकर्ण पराजुलीले जानकारी दिनुभयो ।

उहाँले आयात, निर्यात गर्ने उद्योगीहरुलाई नभइ आफूहरुलाई मारमा पार्ने गरी ल्याइएको प्रणाली तत्काल खारेज नभए ढुवानीको सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी पनि दिनुभयो ।

समितिले सानो लगानीमा रहेका ढुवानीकर्ताहरुलाई उठ्नै नसक्ने प्रावधानसहित सरकारले प्रणाली सञ्चालनमा ल्याएकोमा आक्रोश पनि व्यक्त गरेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया