न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
पर्सा – गएको आर्थिक वर्षमा वीरगञ्ज भन्सारको राजस्व असुली लक्ष्यभन्दा १९ प्रतिशतले कमी भएको छ । त्यसैगरी वीरगञ्जमा रहेको सुख्खा बन्दरगाह भन्सारको राजस्व असुली पनि लक्ष्यभन्दा कमै रहेको छ ।
राजस्व असुलीमा नेपालमै पहिलो स्थान हासिल गरेको वीरगञ्ज भन्सार कार्यालयलाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७५–७६ मा एक खर्ब ७१ अर्ब ५८ लाख ४६ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिएको थियो । तर वीरगञ्ज भन्सारले कार्यालयले लक्ष्यको तुलनामा १९ प्रतिशत कम अर्थात् २४ अर्ब सात करोड ४४ लाख रुपैयाँ कम राजस्व उठाएको छ ।
त्यसैगरी सुक्खा बन्दरगाहले पनि तोकिएको लक्ष्य भेट्टाउन सकेको छैन । आर्थिक वर्ष २०७५–७६ मा सङ्घीय सरकारले ३६ अर्ब नौ करोड ३२ लाख दुई हजार रुपैयाँ लक्ष्य दिएकामा लक्ष्यभन्दा तीन अर्ब ८४ करोड १८ लाख ५३ हजार कम राजस्व उठाएको छ ।
देशको कूल राजस्व असुलीमा ६० प्रतिशत योगदान दिँदै आएको वीरगञ्ज भन्सार कार्यालयले यस पटक लक्ष्य प्राप्त गर्न सकेन ।
भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने जीप, कार, भ्यान, मोटरसाइकल, सिमेन्टको कच्चा पदार्थ क्लिङ्कर, मरिच, दूध, फ्याटी एसिड, गाडीको चेसिस, जंक फुड, पेपर, जिप्सन, स्केललगायतका सामानको आयतमा कमी आएकाले राजस्व संकल प्रभावित भएको कार्यालयले जनाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले सङ्घीय सरकारले दिएको लक्ष्य भेट्टाउन नसक्नुका पछाडि भारतमा सम्पन्न लोकसभा चुनावको समयमा भारतबाट उल्लेखनीय रुपमा सामान आयात नहुनु, नेपालमा राष्ट्रिय गौरवको आयोजना द्रुत गतिमा निर्माण नहुनु, आर्थिक वर्षको अन्त्यतिर बाढी आउनु, बैंक तथा वित्तीय संस्थाले पहिले जस्तो सवारी साधन खरिदमा लगानी नगर्नु जस्ता कारण रहेको बताउनुभयो ।
डिजेल, पेट्रोल, सूर्ती, एलपी ग्यास, पाम काँचो तेल, सूर्यमुखी काँचो तेल, पेट्रोलियम पदार्थ, बिटुमिन, गाडीको पार्टपूर्जा, इञ्जिन आयल, भटमासको कच्चा तेल, शृङ्गारको सामान, , घरायसी रेफ्रिजेटर, एअर कन्डिसनर मेसिन, फलामको संरचनालगायतका बस्तुको आयात घटेकाले पनि लक्ष्यअनुरुपको राजस्व उठन नसकेको भण्डारीले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०७४–७५ मा सङ्घीय सरकारले एक खर्ब ३४ अर्ब ३९ करोड २४ लाख ३५ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकामा वीरगञ्ज भन्सार कार्यालयले ९७ प्रतिशत लक्ष्य हासिल गरी कूल एक खर्ब ३१ अर्ब ३१ लाख १७ हजार रुपैयाँ राजस्व उठाएको थियो । जुन लक्ष्यभन्दा तीन अर्ब ३८ करोड ९३ लाख आठ हजार रुपैयाँ कम राजस्व उठेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।