सामान्य विषयमा जंगलमा झगडा, भिरबाट खसेर एक जनाको ज्यान गयो

 साउन ४, २०७६ शनिबार ११:४७:१६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु –  सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ मा झगडा गर्ने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।

स्थानीय राम मगर र नरबहादुर निरौलाबीच सामान्य विवादमा एकापसमा कुटाकुट हुँदा ३८ वर्षीय नरबहादुर निरौलाको भिरबाट लडेर ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार शुक्रबार साँझ ६ बजेतिर स्थानीय नाबुङ जंगलमा जोक्पे(याक)लाई दाना खुवाइ फर्किने क्रममा विवाद सिर्जना हुँदा उनीहरुबीच कुटाकुट भएको थिए । त्यही क्रममा नरबहादुर निरौला भिरबाट खसेर घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । घटनाको विषयमा इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । 

घटनामा सलंग्न ४८ वर्षीय राम मगर र सँगै गएका ङिमा सार्की शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षक देउप्रसाद लिम्बूसहितको अर्को टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । 

    
 

अन्तिम अपडेट: चैत १६, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया