न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका काठमाण्डौ उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई काठमाण्डौको जडिबुटी क्षेत्रबाट शनिबार राति पक्राउ गरिएको अपराध महाशाखाका प्रमु्ख सहकुल थापाले जानकारी दिनुभयो ।
लामासँगै विप्लव नेतृत्वको नेकपाका अर्का एकजना कार्यकर्ता पनि पक्राउ परेका छन् । ललितपुरको नख्खु तथा काठमाण्डौका विभिन्न ठाउँमा भएका बम विष्फोट लगायतका घटनामा लामाको संलग्नता रहेको जानकारी प्राप्त भएको र अरु पनि विभिन्न घटनामा सँलग्नता रहेको हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको एसपी थापाले बताउनुभयो ।
सरकार र नेकपाबीच बार्ताको अनौपचारिक प्रयासहरु भइरहेका बेला लामा पक्राउ परेका हुन् । तत्कालीन नेकपा माओवादीमा लागेर भूमिगत भएका लामा साँस्कृतिक फाँटमा सक्रिय थिए । पछिल्लो समय लामाले विप्लवले लेखेको ‘कसले बनायो दाजै उडिजाने बस’ बोलको गीतमा संगित गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।