न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
कञ्चनपुर – कञ्चनपुरमा एक जना जनप्रतिनिधिले आफूले पाएको वर्षभरीको तलब वडाका वृद्धवृद्धालाई वितरण गरेका छन् । भीमदत्त नगरपालिका–१ का वडा अध्यक्ष आशेफ कुँवरले आफूले पाएको २ लाख ६२ हजार रुपैयाँ वडाका वृद्धवृद्धालाई वितरण गर्नुभएको हो ।
कुँवरले गएको वर्षसमेत आफ्नो तलब वृद्धावृद्धा तथा असहायलाई वितरण गर्नुभएको थियो । नयाँ आर्थिक वर्ष लागेसँगै उहाँ यतिबेला आफूले राज्यबाट प्राप्त गरेको तलब गाउँका वृद्धावृद्धा बाड्न ब्यस्त हुनुहुन्छ । राजनीतिलाई सेवा मान्ने वडा अध्यक्ष कुँवरले चुनावी बाचा अनुरुप आफूले राज्यबाट पाउने तलब नागरिकलाई नै वितरण गरेको बताउनुभयो ।
‘मैले चुनावमा उठ्ने बेला तपाइँले जिताउनु भयो भने गाउँको विकाससँगै राज्यले दिने तलब वृद्धावृद्धालाई दिन्छु भनेको थिएँ’, उहाँले भन्नुभयो ‘उहाँहरुले मलाई विश्वास गरेर जिताउनुभयो । मैले नागरिकसँग गरिएका बाचा पूरा गरेको हुँ ।’
नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष कुँवरले आइतबार वडाका अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रतिव्यक्ति एक हजार र ज्येष्ठ नागरिकलाई प्रति व्यक्ति एक हजार ५ सयका दरले रकम वितरण गर्नुभएको हो । उहाँले कतिपय व्यक्ति आउन नसकेको बताउँदै रकम लिन छुटेकालाई घरमै गएर दिइने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।