सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
बलिउडकी एक समयकी चर्चित अभिनेत्री शिल्पा शेट्टी कुन्द्रा लामो समयदेखि चलचित्रबाट टाढा छिन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार १२ वर्षको अन्तरालपछि शिल्पा अब चलचित्र क्षेत्रमा कमब्याक गर्दैछिन् । शिल्पा छिट्टै नै गायक तथा अभिनेता दिलजीत दोसांझ र यामी गौतम अभिनित चलचित्रमा महत्वपूर्ण भूमिकामा देखिनेछिन् ।
खबरहरुका अनुसार चलचित्रमा शिल्पाले एक लेखिकाको भूमिका निर्वाह गर्नेछिन् र यो चलचित्रलाई उनकै नजरबाट देखाइनेछ । यो चलचित्रको निर्माण रमेश तौरानीले गर्नेछन् भने निर्देशन हारुन मिर्जाले गर्नेछन् । हारुन निर्देशक अजीज मिर्जाका छोरा हुन् । हारुनले शाहरुख खान अभिनित चलचित्र ‘राजू बन गया जेन्टल म्यान', 'पहेली' जस्ता चलचित्रमा सहायक निर्देशककाे रुपमा काम गरेका छन् ।
यतिबेला शिल्पा लण्डनमा छुट्टी मनाइरहेकी छिन् । उनी अगष्टमा भारत फर्कने र फर्किएलगत्तै नयाँ चलचित्रको छायांकनको काम सुरु हुने बताइएको छ । लामो समयदेखि शिल्पा रियालिटी टेलिभिजन शोहरुमा निर्णायकको रुपमा काम गरिरहेकी थिइन् ।
साथै उनी आफ्नो फिटनेस एप र अनलाइन कुकिङ शो का कारण चर्चामा छाइरहेकी हुन्छिन् । झण्डै एक दशकभन्दा बढी समय चलचित्र क्षेत्रबाट टाढिएकी शिल्पाले 'कमब्याक' गर्ने खबरले उनका समर्थकहरु खुशी भएका छन् ।