राजपा अध्यक्षमण्डलको संयोजकमा राजकिशाेर यादव

 साउन ६, २०७६ सोमबार ६:१९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले पाउनुभएकाे छ । 

राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा बसेकाे अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो ।

सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी पाउनुभएकाे राजपाका संयोजक अनिलकुमार झाले जानकारी दिनुभएको छ । राजपाको चक्रिय प्रणाली अनुसार हरेक दुई महीनामा संयोजक फेरिने व्यवस्था छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया