न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
डोटी - डोटी जिल्लाको आदर्श गाउँपालिका १ चाँसी गाउँमा गएको वर्ष असार १९ गते करेन्ट लागेर लागेर ज्यान गुमाएका परिवारले एक वर्षपछि राहत पाउने भएका छन् ।
मृतकका परिवारलाई पाँच/पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएकाे डाेटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पाैडेलले बताउनुभयाे ।
‘करेन्ट लागेर मृत्यु भएका परिवारले राहत पाएनन्’ भन्ने समाचार उज्यालो अनलाइनमा पटक पटक प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय डाेटीको पहलमा नेपाल सरकारले मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरेको हो ।
करेन्ट लागेर मृत्यु भएकाका परिवारले वर्ष दिन बितिसक्दा समेत राहत नपाएको भन्ने समाचार प्रकाशित भएपछि आफूले मन्त्रालय तथा विद्युत प्राधिकरणमा पत्रचार गरेकाले मृतकका परिवारले जनही पाँच/पाँच लाख तथा उपचार खर्च समेत पाउने गरी पत्र आएको डोटीका प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
गएको वर्ष असार १९ गते गाउँमा रहेको बिद्युतको पोल सार्ने क्रममा करेन्ट लागेर चाँसी गाउँकामा ५ जना स्थानियको मृत्यु भएकाे थियो । करेन्ट लागेर मृत्यु भएका परिवारलाई नेपाल विद्युत प्राधिकरणले किरिया खर्च बापत जनही २५ हजार र आदर्श गाउँपालिकाले ३० हजार रुपैयाँ तत्कालै राहत दिएको डोटी उद्योग बाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो ।
करेण्ट लागेर चाँसी गाउँका ३० वर्षीय जयन्द्र खड्का, २३ वर्षीय लोकेन्द्र खडका, २४ वर्षीय वीरेन्द्र खड्का,२४ वर्षीय दीपबहादुर खडकाको घटना स्थलमै ज्यान गएकाे थियो भने २५ वर्षीय नारायण खडकाको काठमाडौंकाे कान्तिपुर बर्निङ्ग अस्पतालमा उपचारको क्रममा ज्यान गएकाे थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।