न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
सुनसरी - घुँडाको अपरेशनको क्रममा सुनसरी दुहबीका अनिलकुमार साहको नोबेल अस्पतालमा ज्यान गएपछि मृतकका आफन्त आन्दाेलित भएका छन् ।
आइतवार नोबेल अस्पताल अगाडी धर्नामा बस्दै प्रदर्शन गरेका मृतकका आफन्तले साेमबार धर्ना जारी राख्नुका साथै दुहबी बजार समेत बन्द गराएका छन् । कोशी राजमार्ग अन्तर्गतको दुबही क्षेत्रमा सडकमा प्रदर्शन गरेर स्थानीयले यातायात अवरुद्ध पारेका हुन् ।
उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै आएका मृतकका आफन्तले सडक अबरुद्ध पारेका हुन् । उनीहरुले उपचारमा संलग्न चिकित्सकलाई कारबाहीकाे माग राख्दै मृतककाे शव समेत उठाएका छैनन् ।
आइतबार रातिसम्म वार्ता भए पनि कुनै निस्कर्ष नआएपछि पीडितका आफन्त सडकमा पुगेका हुन् । वार्तामा अस्पतालले मृतकका परिवारलाई २ लाख दिने भनेकाे र मृतकका आफन्तले भने मृतकलाई फिर्ता ल्याईदिए १ करोड दिन्छाैँ भनेका थिए । यसमा कुरा नमिलेपछि वार्ता भाँडिएको थियो । वार्ताको बारेमा पटक पटक पहल भइरहे पनि डा.सुनिलसँग नबस्दासँम्म कुरा मिल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ ।
बिहीबार उपचारको लागि अस्पताल भर्ना भएका सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का अनिलकुमार साहको आईतवार बिहान ज्यान गएको हो ।
सोनापुरमा रहेको एसियन थाईफुड्समा कार्यरत साहकाे कार्यालयमा पार्किङमा मोटरसाईल राख्ने क्रममा लडेर खुट्टामा चोट लागेको थियो । खुट्टामा चोट लागेर अस्पताल पुगेका साहको अपरेशनको क्रममा ज्यान गएपछि आफन्तले चिकित्सककाे लापरवाहीका कारण ज्यान गएको दावी गरेका छन् । मृतकका भाइ प्रदीप साहले डाक्टरले औषधिमा कैफियत गरेको हुनसक्ने आशंका गरेका छन् ।
आफन्तले गरेको दुहबी बजार बन्दका कारण त्यहाँबाट सार्बजनिक सवारीका साधन चल्न सकेका छैनन् । पूर्वजाने सवारीका साधनहरु भने पुष्पलाल चोकबाट बिराटचोक हुँदै गन्तब्यमा जान थालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।