खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) को महत्वकांक्षी यान चन्द्रयान–२ सोमबार दिउँसो चन्द्रमामा पठाइने भएको छ ।
नेपाली समय अनुसार दिउँसो ३ बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान–२ प्रक्षेपण गरिने छ । जसका लागि सबै तयारी पूरा भएकाे आईएसआरओले जनाएकाे छ ।
चन्द्रमामा पठाउन लागिएको यानले चन्द्रमाको थप अनुसन्धान गर्ने बताइएको छ । चन्द्रमामा रहेको पानी, खनिज, र चट्टानको अवस्थितिका बारेमा अनुसन्धान गर्न भारतले यान पठाउन लागेको हो ।
झण्डै एक हप्ताअघि प्रक्षेपणको लागि तय गरिएको यानमा प्राविधिक समस्या देखिएपछि स्थगित गरिएको थियो । तर सोमबार पठाउन लागिएको यानमा सुधार गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था आईएसआरओले जनाएको छ ।
यसअघि अमेरिका, चीन र रुसले चन्द्रमामा अन्तरिक्ष यान पठाइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।