जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
धनुषा – प्रदेश २ का मुख्यमन्त्रीदेखि केही मन्त्रीसम्मले सार्वजनिक स्थल एवं सञ्चार माध्यममा अन्तर्वाताकाे क्रममा अश्लील शब्द प्रयोग गर्ने गरेका छन् ।
मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले केही दिनअघि सार्वजनिक स्थलमा पदीय मर्यादा नाघेर टिप्पणी गरेका छन् ।
केही दिनअघि मात्र मुख्यमन्त्री लालबाबु राउतले एउटा युट्यूब च्यानलमा अन्तरवार्ताको क्रममा अपशब्द प्रयोग गर्नु भएको छ । यस्तै समाजिक विकास मन्त्री नवलकिशोर साहले केही दिनअघि मन्त्रालयको कुर्सीमै बसेर तथानाम गालीगलौज गरिरहेको भिडियो समेत सार्वजनिक भएको छ ।
प्रदेश सरकारले अँगालेको सुशासन, पारदर्शीता र भ्रष्टचारमा शून्य सहनशीलताकाे नीतिविपरीत मुख्यमन्त्रीदेखि मन्त्रीहरु काम गर्न थालेका छन् । प्रदेश सरकारले गर्ने गरेको अनाधिकृत क्रियाकलाप सञ्चार माध्यममा निरन्तर सार्वजनिक भएपछि मुख्यमन्त्रीदेखि मन्त्रीहरु सञ्चारमाध्यम र पत्रकारहरुप्रति आक्रामक भएका हुन् ।
पछिल्लो सममयमा आफ्ना गलत गतिविधिको भण्डाफोर हुन थालेपछि उनीहरुले सार्वजनिक स्थलमा समेत पत्रकारहरुलाई गालीगलौज गर्दै हिँड्ने गरेका छन् ।