चट्याङले लागेर माेरङमा एक जनाकाे ज्यान गयाे

 साउन ६, २०७६ सोमबार १८:१८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - चट्याङले लागेर मोरङको धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको ज्यान गएको छ । सोमबार जोत्दै गरेको अवस्थामा परेको चट्याङ लागेर उहाँको घटनास्थलमै ज्यान गएको हो । 

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर कवीन्द्र कार्कीका अनुसार मण्डल धान रोप्नका लागि खेत हिल्याउँदै थिए । चट्याङले खेत जोत्दै गरेको अवस्थाका हलगोरु पनि मरेका छन् । मण्डलको शव जिल्ला अस्पताल रंगेलीमा पोस्टमर्टमपछि परिवारका सदस्यको जिम्मा लगाइएको छ ।

त्यस्तै चट्याङले लागेर मोरङकै सुनवर्षी नगरपालिका–९ पार्वती टोलकी २८ वर्षीय लक्ष्मीदेवी केविरथ घाइते हुनु भएकाे छ । आफ्नै घरमा बसिरहेका बेला चट्याङले लागेर घाइते भएकी उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । चट्याङले  लागेर कान र टाउकोमा चोट लागेको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया