न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – नेपालमा अहिलेसम्म झण्डै ४ करोड सिमकार्ड वितरण भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) रिपोर्टअनुसार नेपालमा ३ करोड ९९ लाख ८८ हजार ७ सय ५२ वटा सिमकार्ड वितरण भएका छन् ।
रिपोर्टअनुसार नेपाल टेलिकमका १ करोड ९७ लाख ५७ हजार ६ सय ८० सिम कार्ड वितरण भएका छन् । यस्तै १६ लाख ५१ हजार सीडीएमए नम्बर वितरण भएका छन् । यस्तै एनसेलका १ करोड ६५ लाख ४९ हजार सिम वितरण भएका छन् । यस्तै नेपाल स्याटेलाइट टेलिकमले २० लाख ३० हजार सिम वितरण गरेको छ । यस्तै ७ लाख ९८ हजार ७ सय ल्याण्डलाइन फोन प्रयोगकर्ता रहेका छन् ।
सिमकार्ड र ल्याण्डलाइन फोनका गरेर नेपालमा ४ करोड ७ लाख ७९ हजार टेलिफोन प्रयोगकर्ता रहेको प्राधिकरणले जनाएको छ ।
१ करोड ८६ लाख इन्टरनेट प्रयोगकर्ता
नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ८६ लाख पुगेको पनि दूरसञ्चार प्राधिकरणले जनाएको छ । यीमध्ये १ करोड ४७ लाख मोबाइल इन्टरनेट प्रयोगकर्ता रहेका छन् । प्राधिकरणको तथ्यांकअनुसार १ करोड ९ लाख ५ हजारले थ्री जी सेवा प्रयोग गरेका छन् भने ३६ लाख १२ लाख जनाले फोरजी सेवा प्रयोग गरिरहेका छन् ।
यस्तै इन्टरनेट सेवा प्रदायकबाट फिक्स्ड ब्रोडब्याण्डका इन्टरनेट प्रयोगकर्ता २८ लाख ९१ हजार रहेका छन् ।
समग्रमा इन्टरनेट चलाउनेमध्ये ८८ लाख ७८ हजार प्रयोगकर्ता नेपाल टेलिकमका रहेका छन् भने एनसेलका ६७ लाख ४१ हजार र नेपाल स्याटेलाइट टेलिकमका ग्राहक १ लाख ७४ हजार रहेका छन् ।
देशको कुल जनसंख्यालाई इन्टरनेट प्रयोगकर्ताको संख्याले भाग गर्दा ६३ दशमलव ३१ प्रतिशत नेपालीले इन्टरनेट चलाएको देखिन्छ । तर एउटै व्यक्तिले फरक–फरक प्रकारका इन्टरनेट सेवा लिइरहेकाले इन्टरनेट चलाउने नेपाली ६३ प्रतिशत पुगेको भने भन्न नमिल्ने प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।