खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
पाकिस्तानकी क्रिकेट टिमका पूर्व कप्तान तथा वर्तमान प्रधानमन्त्री इमरान खानले अर्को विश्वकप अघिसम्म पाकिस्तानले राम्रो टिम बनाउने बताएका छन् ।
अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री खानले वाशिंगटन डिसीमा पाकिस्तानी नागरिकलाई सम्बोधन गर्दै उत्कृष्ट खेलाडीहरुलाई समावेश गरेर राष्ट्रिय टिम बनाउने बताए ।
इंग्ल्याण्ड विश्वकपमा पाकिस्तान समूह चरणबाट बाहिरिएको थियो । ११ अंक जोड्दै न्यूजिल्याण्डसँग रन रेटमा पछि पर्दै समूह चरणबाट पाकिस्तान बाहिरिएपछि देशमा क्रिकेट टिमको चर्को आलोचना भइरहेका बेला यस विषयमा प्रधानमन्त्री इमरानले अमेरिकामा प्रतिक्रिया दिएका हुन् । उनले नयाँ टिम बनाउनका लागि काम सुरु भइसकेको जानकारी पनि दिए ।
१९९२ को विश्वकप ट्रफी जित्दा कप्तान रहेका प्रधानमन्त्री खानले आफू पनि अहिलेको प्रदर्शनबाट स्तब्ध भएको बताउँदै २०२३ को विश्वकपअघि राम्रो टिम बनाउने बताए । तर आफ्नो योजनाबारे भने उनले खुलाउन चाहेनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।