वाइडबडी खरिदमा भएको भ्रष्टाचार लुकाउन प्रधानमन्त्री सक्रिय : सभापति शाह

 साउन ७, २०७६ मंगलबार १२:३६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही - प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले वाइडबडी खरिद प्रकरणमा भएको भ्रष्टाचारलाई प्रधानमन्त्री केपी ओलीले लुकाउन खोजेको आरोप लगाउनु भएको छ ।

रिपाेर्टर्स क्लब प्रदेश पाँचले  बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले प्रधानमन्त्रीको दबाबलाई थेग्न नसकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मुद्धा चलाउन ढिलाइ गरिरहेको बताउनुभयो । 'प्रधानमन्त्री ओलीले वाइडबडी खरिद प्रकरणलाई लुकाउन खोज्दै हुनुहुन्छ अख्तियारले त्यसलाई सहयोग गरिरहेको छ', सभापति शाहले भन्नुभयो ।

'लेखा समितिले भ्रष्टाचार ठहर गरेपछि प्रक्रिया अगाडि बढाउने वैधानिक निकाय भनेकै अख्तियार हो तर उसले पनि मुद्धा चलाउन ढिलाई गरिरहनु रहस्यको विषय हाे', सभापति शाहले बताउनु भयो ।

'तत्कालीन पर्यटन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारी राम्रो मान्छे हुनुहुन्थ्यो उहाँले भष्ट्राचार गर्नुभएको थिएन' भनेर प्रधानमन्त्री ओलीले प्रष्टीकरण दिनु संसदीय मूल्य र मान्यताविपरीत रहेको  शाहले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया