न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
मकवानपुर – हेटौडा उपमहानगरपालिका–१५, चुरियामाईमा कन्टेनर पल्टिँदा २ जनाको ज्यान गएको छ । अरु ३ जना घाइते भएका छन् । ज्यान गएका व्यक्तिको परिचय खुलेको छैन ।
चुरियामाईमा सोमबार रातिदेखि बिग्रिएर सडकमा तेर्सो परेको भारतीय कन्टेनर अगाडि बढाउन खोज्दा पल्टिएर दुई जनाको ज्यान गएको हाे । मालवाहक कन्टेनरलाई चुरियामाईको उकालोमा अगाडि बढाउन खोज्दा पछाडि हट्दा अरु थप पाँचवटा गाडीलाई ठक्कर दिएको थियो ।
एकले अर्को गाडीलाई ठक्कर दिएका कारण गाडीले थिचेर २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।
भारतको रक्सौलबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय मालवाहक कन्टेनर साेमबार रातिदेखि बाटाेमै बिग्रिएकाे थियाे । मंगलबार बिहान अगाडि बढाउन खाेज्दा कन्टेनर पल्टिएकाे प्रहरीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।