न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
मोरङ -मोरङको बुढीगंगा गाउँपालिकामा चट्याङ लागेर मंगलबार एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुका अनुसार मध्यान्ह खेतमा काम गरिरहेको अवस्थमा बुढीगंगा गाउँपालिका-७ का रामेश्वर विश्वासको ज्यान गएको हो ।
बुढीगंगा-७, पर्सावानी बस्ने बर्ष ३० का रामेश्वर विश्वास आफ्नै खेतमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लागेर घटनास्थलमै ज्यान गएको र शवकाे आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
साेमबार पनि मोरङकै धनपालथान गाउँपालिकामा खेतमा जोत्दै गरेका एकजनाको चट्याङ लागेर ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।