राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीकाे चेतावनी

 साउन ७, २०७६ मंगलबार १६:३९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ । 

प्रतिष्ठानका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कारबाही गर्ने अभिव्यक्ति दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको गैरजिम्मेवार कामको छानबिन गर्न गठित समितिले आफूलाई नबुझाइ प्रतिवेदन सञ्चार माध्यमहरुमा सार्वजनिक गरेकोमा पनि आपत्ति जनाउनु भयो । मंगलबार काठमाण्डौमा आयोजित प्रतिष्ठानको तेस्रो सभामा प्रधानमन्त्री ओलीले कुलपति समेत रहेको आफूलाई नबुझाइ प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै आफूलाई सह्य नभएकाे स्पष्ट पार्नुभयो ।

‘यो छानबिन समिति हो कि राजनीतिक?,’ छानबिन समितिप्रति प्रधानमन्त्री ओलीको आक्रोशसहितको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो । उहाँले सरकार कसैको दबाब र प्रभावमा नपर्ने भएकाले त्यसै अनुसार काम गर्न पनि सबैलाई सचेत गराउनु भयो ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको केन्द्रको रुपमा विकास गर्न चाहेकाले त्यसै अनुसार काम गर्न पनि सचेत गराउनु भयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया