न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै - मेगा बैंक नेपाल लिमिटेडले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ ।
बैंकको नवौं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाण्डाैमा छात्रावृत्ति योजना सार्वजनिक गरिएको हो । शिक्षाबाट बञ्चित हुन बाध्य छात्राहरुलाई कक्षा १२ सम्म अध्ययनका लागि आवश्यक आर्थिक सहायता दिने गरी सबै शाखाबाट त्याे छात्रवृत्ति योजना लागू गराउने कार्यको शुभारम्भ गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताउनुभयो ।
बैंकको हाल १ सय २ वटा शाखा रहेका छन् । ती सबै शाखाबाट एक जना गरिव तर जेहेन्दार छात्रालाई कक्षा १२ सम्मको अध्ययनका लागि यो योजना तय गरिएको पनि बैंकले जनाएको छ । अध्यक्ष शाहले बैंकले सामाजिक उत्तरदायित्वको क्षेत्रअन्तर्गत स्वास्थ्य र वातावरणको क्षेत्रमा पनि आगामी दिनमा लगानी गर्दै जाने योजना तय गरेको बताउनुभयो ।
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको निक्षेप गएकाे वर्षको १९ अर्बबाट बढेर ८२ अर्ब पुगेको जानकारी दिनु भयो । त्यसैगरी बैंकको कर्जा प्रवाह १५ अर्ब ५० करोडबाट बढेर ७३ अर्ब पुगेको छ ।
देशभर १०२ वटा शाखा कार्यालय स्थापना गर्न सफल त्याे बैंकको १०२ वटा एटीएम मेशिन, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २५ सय मेगा रेमिट एजेन्टहरु पनि रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।