जनता आवास कार्यक्रमको लापरबाहीका कारण भीरकोटका तीन परिवार बिचल्लीमा

 साउन ८, २०७६ बुधबार ८:३०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा– ‘जनता आवास कार्यक्रम’को लापरबाहीका कारण स्याङ्जाको भीरकोट नगरपालिकाका तीन घर–परिवार बिचल्लीमा परेका छन् । भीरकोट नगरपालिका अलैँचीखोलाको माझी बस्तीका  तीन ओटा घर जनता आवास कार्यक्रमले निर्माण गर्ने भन्दै काम सुरु गरेको थियो ।

घरको जग मात्रै खनेर महिनौँसम्म बेपत्ता भएकोे भन्दै पीडितले दुखेसो गरेका छन् ।

भीरकोट नगरपालिकाका ४ वटा वडामा जनता आवास घर निर्माण समिति गठन गरी ५० घर निर्माणको लागि सम्झौता गरिएको थियो । सम्झौता अनुसार केही १०/१२ घर  निर्माण सम्पन्न भएता पनि अधिकांश घरहरुको निर्माण अस्तव्यस्त छ । निर्माण सम्पन्न भएका घरहरुलेसमेत पहिलो किस्ता पनि नपाएको बताएका छन् । 

अलैँचीखोला टोल विकास समितिका संयोजक राजकुमारका अनुसार कतिपय नागरिकका पुराना घर नजिकै जनता आवास कार्यक्रमले नयाँ घरको जग खनेर छोड्दा पुरानो घर भत्किएर झन् बिचल्लीमा परेका छन् । माझी बस्तीमा घरको जग खनेर छोड्दा नजिकै रहेको घर भत्किँदा स्थानीय डिलबहादुर बोटेको परिवार झन् बिचल्लीमा परेको छ ।

जनता आवसले घर निर्माण गरिदिने भएपछि यहाँका स्थानीय हर्षित थिए तर अहिलेसम्म घर निर्माण नहुँदा झन् हैरानी खेप्नुपरेको स्थानीय पीडितहरुको गुनासो छ ।

पीडित घरपरिवारको अवस्था हेरेपछि नगर प्रमुख छायाराम खनालले जनता आवासले घर निर्माण नगरे त्यस्तै प्रकारको घर नगरपालिकाले बनाइदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया