प्रतिनिधिसभा पहिलो बैठक स्थगित, दोस्रो बैठक साढे २ बजे बस्ने

 साउन ८, २०७६ बुधबार १३:२३:५९ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । 

सभामुख कृष्णबहादुर महराले अर्काे बैठक बुधबार नै दिउँसो २ः३० का लागि बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ । पहिलो बैठक विशेष कारणवस स्थगित गर्नुपरेको सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभाको अघिल्लो (असार ३१) को बैठक पनि सूचना टाँस गरी स्थगन गरिएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले मुलुकका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानलगायतको विषयमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव सङ्घीय संसद्मा दर्ता गराएपछि सत्तापक्ष र प्रतिपक्षबीच संसद् सञ्चालनका विषयमा मत बाझिएर बैठक स्थगित भएको थियो । 

बाढीपहिरो र डुबानमा परेका नागरिकलाई सहयोग पुर्‍याउन प्रभावित क्षेत्रमा सांसद खटिनुपर्ने हुँदा बैठक स्थगित गर्नुपरेको विषय सूचनामा उल्लेख गरिएको थियोे ।

बैठक स्थगन भएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसदलाई बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्न आग्रह गर्नुभएको थियो भने प्रतिपक्ष दल काङ्गे्रसले मुलुकमा विपद् भएको बेला सिङ्गो संसद् एक ढिक्का भएर अघि बढ्नुपर्नेमा बैठक स्थगन गर्ने कार्य ठीक नभएको प्रतिक्रिया दिएको थियो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया