उदयपुरकी बालिकालाई कास्की पुर्‍याएर जबर्जस्ती करणी गर्ने शिक्षक पक्राउ

 साउन ८, २०७६ बुधबार १९:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– १४ वर्षीया किशोरीलाई बन्धक बनाएर जबर्जस्ती करणी गर्ने एक जना शिक्षकलाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ । 

मोरङको विराटनगर घर भइ उदयपुरकाे चौदण्डी नगरपालिका–७ बस्ने म्यारीगोल्ड सेकेण्डरी स्कुलका शिक्षक राकेश कुमार कानोडियालाई प्रहरीले पक्राउ गरेको हो । 

शिक्षक कानोडियाले उदयपुर बस्ने १४ वर्षीय एउटी किशोरीलाई कास्कीको पोखरा महानगरपालिका–६, लेकसाइड डिहिगोपाटनको द कन्ट्री यार्ड होटलको एउटा कोठामा बन्धक बनाएर राखेका थिए । शिक्षक कानोडियाले ती बालिकासँग भएको मोबाइल फोन नियन्त्रणमा लिएर अभिभावकसँग सम्पर्क गर्न नदिइ बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ । 

उनले गएको ८ दिनदेखि होटलको कोठामा राखेर बालिकालाई जबर्जस्ती करणीसमेत गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । शिक्षक कानोडियालाई पक्राउ गरी थप कारबाही अघि बढाइएको प्रहरीले बताएको छ । 

साथै पीडित बालिकालाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया