मौद्रिक नीतिसम्बन्धमा थप अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने उद्योगीहरुको प्रतिक्रिया

 साउन ८, २०७६ बुधबार १९:१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उद्योगी-व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई थप अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मौद्रिक नीति सार्वजनिक भएलगत्तै सञ्चारकर्मीमाझ थप अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने बताउनु भएको हो । उहाँले तरलता व्यवस्थापन, ब्याजदरलगायतका विषयमा मौद्रिक नीति उत्साहजनक रुपमा आए पनि सेवा शुल्कको सम्बन्धमा भने आफूहरुको माग सम्बोधन हुन नसकेको पनि स्पष्ट पार्नुभयो ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले चालु आर्थिक वर्षभित्र साढे ८ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य हासिल गर्ने चुनौती सामना गर्नेगरी मौद्रिक नीति आएकाले त्यसमा आलोचना गरिहाल्न नमिल्ने प्रतिक्रिया दिनुभयो । उहाँले त्याे मौद्रिक नीति प्रभावकारी ढंगले कार्यान्वयन नभए समस्या हुने दावी पनि गर्नुभयो ।

नेपाल बैंकर्स संघले भने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति अपेक्षा अनुसार नै आएको प्रतिक्रिया दिएको छ । संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले मौद्रिक नीति अपेक्षा अनुसार नै आएको प्रतिक्रिया दिनुभएको हो । उहाँले बैंक मर्जर, तरलताको व्यवस्थापन र व्याजदर सम्बन्धी व्यवस्था आफूहरुले दिएको सुझाव अनुसार नै मौद्रिक नीतिमा समावेश गरिएकाले यसको कार्यान्वयनमा लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष ढुंगानाले मौद्रिक नीतिमा ब्याजदरमा राखिएको प्रावधानले आर्थिक वृद्धिका लागि ठोस आधार प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया