अपहरणकारीले बोरामा हालेर खाेलामा फ्याँकेका व्यक्तिलाई प्रहरीले गर्‍याे उद्धार

 साउन ८, २०७६ बुधबार १९:१७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

सांकेतिक तस्बिर

भक्तपुर – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१, घर भई मध्यपुर थिमि नगरपालिका–१, लोकन्थली बस्ने २७ वर्षीय मनिष भण्डारीलाई अपहरणकारीले बोरामा हालेर फ्याँकेको अवस्थामा प्रहरीले उद्धार गरेको छ ।

भण्डारीलाई भक्तपुर र काठमाण्डौको सिमानामा पर्ने मनोहरा खोलामा हात र खुट्टामा डोरी तथा मुखमा पट्टी बाँधेर बेहोस अवस्थामा प्रहरीले उद्धार गरेको हो । 

मंगलबार राति खोलाको किनारामा मान्छेको आवाज सुनेर हेर्न जाँदा बोरा बाँधेर फ्याँकिएको अवस्थामा भण्डारीको उद्धार गरिएको कोटेश्वर प्रहरी प्रभागले जानकारी दिएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गएको आइतबार भण्डारीलाई लोकन्थलीबाट ३ जना नचिनेका व्यक्तिहरुले जबरजस्ती भ्यानमा हालेर ३ दिनसम्म विभिन्न ठाउँमा घुमाएका थिए  । त्यसपछि मंगलबार राति बाँधेर बोरामा हालेर फ्याँकेको पाइएको हो ।

कोटेश्वर प्रहरीले भण्डारीलाई अपराध अनुसन्धान महाशाखालाई बुझाएको र महाशाखाले घटनाको अनुसन्धान सुरु गर्दै अपहरणकारीको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया