म्याग्दी खोलामा बाढी, सतर्कता अपनाउन प्रशासनको आग्रह

 साउन ८, २०७६ बुधबार २०:२०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – लगातारकाे वर्षाका कारण बुधबार म्याग्दीखोलामा बाढी आएपछि खाेलाकाे सतह बढेकाे छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–१, गुर्जा र ४ मुदी गाउँको आसपासको क्षेत्रमा पहिरो जाँदा म्याग्दीखोलाको बहाव बढ्न गएको बताइएको छ । 

गुर्जा र मुदी गाउँ आसपासमा बग्ने खोला थुनिएर म्याग्दीखोलामा बहाव बढेको प्रहरीले अनुमान गरेको छ । खोलाले दाउराको थुप्रो र ठूल्ठूला मुढा बगाएर ल्याएको भए पनि कहाँनेर पहिरो गएको हो भन्नेबारे जानकारी सङ्कलनका लागि टोली खटाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

धवलागिरी वेसक्याम्प वा हिमाली वनजङ्गलको क्षेत्रमा पहिरो जाँदा खोलामा बाढी आएको हुनसक्ने अनुमान गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो । म्याग्दीखोलाको बहाव ह्वात्तै बढेपछि धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको तटीय क्षेत्रमा त्रास फैलिएको छ । 

तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेकाे छ । उर्लिएर आएको खोलाबाट स्थानीयवासीले भने दाउरा र माछा सङ्कलन गरेका छन् ।

खोलामा बाढी आएको भए पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षतिबारे कुनै जानकारी आएको छैन । भौगोलिक विकटता, यातायातको असुविधा र वर्षाका कारण सूचना सङ्कलनमा समेत समस्या भैरहेको छ । 
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया