न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ ।
मौद्रिक नीतिले तरलता अभावको समस्या समाधान गर्ने र अस्थिर ब्याजदरलाई नियन्त्रणमा राख्ने राष्ट्र बैंकको दाबी छ । तर ब्याजदर धेरै भयो भनेर गएको वर्षभरि नै गुनासो गरिरहेका उद्योगी व्यापारीले भने मौद्रिक नीति पोहोरको भन्दा फरक नभएको बताएका छन् ।
मौद्रिक नीति पोहोरको जस्तै : अनलराज भट्टराई
नेपाल उद्योग परिसंघका बैंकिङ समितिका संयोजक अनलराज भट्टराईले मौद्रिकमा बैंक तथा वित्तीय संस्थाको मर्जर बाहेक पोहोरको भन्दा भिन्न व्यवस्था नरहेको बताउनुभयो ।
‘हामीले तरलता अभाव हुन नदिन र ब्याजदरको अस्थिरता कम हुने व्यवस्थासहितको मौद्रिक निति आउला भन्ने ठानेका थियौं, तर पोहोरको भन्दा खासै फरक व्यवस्था अहिलेको नीतिमा समेटिएनन’, भट्टराईले भन्नुभयो ।
हामीले दिएका सुझाव कार्यान्वयन भएनन् : भवानी राणा
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पनि महासंघले दिएका धेरै सुझाव मौद्रिक नीतिमा नरहेको बताउनुभयो ।
‘हामीले उद्योग वाणिज्य महासंघको तर्फबाट धेरै सल्लाह सुझाव दिएका थियौँ, तर धेरैजसो मौद्रिक नीतिमा आएनन्, मुख्य गरी बैंकको तरलता अभावको समस्या समाधान गर्न र चर्को ब्याजदरको समस्या हटाउन खासै केही आएको छैन, केही दिनमा हामीले महासंघको बैठक बसेर धारणा सार्वजनिक गर्छौँ ।’
उद्योग धन्दा चलाउन गाह्रो छ, मौद्रिक नीतिले समस्या समाधान गरेन : राजेन्द्र मल्ल
नेपाल चेम्बर अफ् कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि मौद्रिक नीतिले आफूहरुका माग सम्बोधन नभएको गुनासो गर्नुभएको छ । उहाँले बैंकको चर्को ब्याजदरका कारण देशमा उद्योगधन्दा गर्ने वातावरण नै नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले स्पे्रड दर ३ प्रतिशतमा झार्न माग गरेका थियौँ, त्यो सम्बोधन भएन, मर्जरमा जाने बैंकले २०७८ सालसम्म नै साढे ४ प्रतिशतको स्प्रेडदर कायम राख्ने छुट पाए । चर्को ब्याजदरको कारण उद्योग धन्दा चलाउन गाह्रो छ, समय समयमा ब्याज परिवर्तन हुन्छ, केन्द्रीय बैंकबाट मौद्रिक नीतिमार्फत हाम्रा लागि खास व्यवस्था आएन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।