दोर्दी खोलामा बाढी : ज्यान गुमाएकामध्ये २ जनाको पहिचान, बेपत्ताको खोजी कार्य जारी

 साउन ९, २०७६ बिहीबार ७:४२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ – दोर्दी खोलामा बुधबार दिउँसो आएको बाढीले बगाएर ज्यान गुमाएका चार जनामध्ये दुई जनाको परिचय खुलेको छ । 

दोर्दी गाउँपालिकामा रहेको लिबर्टी जलविद्युत आयोजनाको बाँध भत्किएर बाढी आउँदा जलविद्युत आयोजनाका कामदारहरुलाई बाढीले बगाएको हो । बाढीले बगाएर ज्यान गुमाएका चार जनाको शव बुधबार बेलुका फेला परेको थियो ।

फेला परेको चार जनाको शव मध्ये दुई जनाको मात्रै परिचय खुलेको छ । अहिलेसम्म पर्साका शिवधन चौधरी र डडेल्धुराका रमेश बुढाको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो । 

बाढीमा परेर अझै ७ जना हराइरहेका छन् । उनीहरु सबैजना दोर्दी जलविद्युत आयोजनाका कामदार हुन् । उनीहरुको खोजी कार्य भैरहेको छ ।

बाढीमा परेर घाइते भएका ८ जनाको जिल्ला अपतालमा उपचार भैरहेको छ । ठूलो पहिरो आएर थुनिएको दोर्दी खोला एकैपटक खुलेपछि बाढी आएको अनुमान गरिएको छ । बाढीका कारण दोर्दी कोरिडरमा निर्माणाधीन जलविद्युत आयोजनाका सामान पनि बगाएको छ ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया