मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानको राजधानी काबुलमा सिलसिलाबद्ध बम विस्फोटमा परि कम्तीमा २२ जनाले ज्यान गुमाएका छन् ।
बम विस्फोटमा खानी तथा पेट्रोलियम मन्त्रालयका आठ जना मजदुरले ज्यान गुमाएका छन् । उनीहरु चढेको बसमा बम विस्फोट गराइएको थियो । त्यस्तै ज्यान गुमाउनेमा पाँच जना महिला र एक जना बच्चा पनि रहेका छन् । विस्फाेटमा अन्य २७ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
पहिलो विस्फोटको केही मिनेटपछि नै एक जना आक्रमणकारीले बमसहित आफूलाई उडाउँदा कम्तीमा सात जनाले ज्यान गुमाए भने २० जनाभन्दा बढी घाइते भए ।
‘पहिला एउटा बसमा बम विस्फोट गराइएको थियो र त्यसको केही मिनेटमा नै एक जना आक्रमणकारीले बमसँगै आफूलाई उडाए । तेस्रो विस्फोटमा चाहिँ एउटा कार हावामा उडेको थियो’, काबुलको आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहीमीले भने । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने उनले बताए ।
आतंकवादी संगठन तालिवानका प्रवक्ताले कार बम विस्फोटको जम्मा लिएका छन् । त्यस्तै अरु विस्फोटको जिम्मा आईएसआईएसले लिएको अधिकारीहरुले बताएका छन् ।
तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहीदले कार बम विस्फोटमा नौ जना विदेशी दल मारिएको र दुई ओटा सवारी साधन ध्वस्त भएको दाबी गरेको छ । तर सरकारले भने तालिवानको दाबीलाई आधिकारिक मानेको छैन
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।