राष्ट्रिय समावेशी आयोगका अध्यक्ष सुवेदीद्वारा राजीनामा

 साउन १०, २०७६ शुक्रबार १६:३१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.शान्तराज सुवेदीले तीन महिनामै पदबाट राजीनामा दिनुभएको छ । 

गएको वैशाख ८ गते राष्ट्रपतिसँग सपथ लिएर काम थाल्नुभएका सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाउनु भएको हो । 

संविधानको धारा २ सय ५८ को उपधारा (४) को खण्ड (क) बमोजिम सुवेदीले राजीनामा बुझाउनु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया